Posted by WVO Nepal

निशुल्क शाकाहारी खाना वितरणमा सहयोग पुर्याउने भेज भोयाजेज फाउण्डेशन सम्मानित

साउन ३,२०७७ काठमाडौं ।
नेपाल शाकाहारी पार्टीद्धारा निशुल्क शाकाहारी खाना वितरणमा सहयोग पुर्याउने दातालाई सम्मान गरिएको छ ।
पार्टीको केन्द्रीय कार्यलय ललितपुरमा आयोजित कार्यक्रममा भेज भोयाजेज फाउण्डेशनका संस्थापक ज्याक लोभाज र वल्र्ड भेगन अर्गनाइजेसन नेपालका अध्यक्ष शुरेस प्रसाद शर्मालाई सम्मान गरिएको हो ।
शाकाहारी पार्टीका संयोजक राधे खड्काले दाताद्धय लोभाज र शर्मालाई कदर पत्र तथा पार्टीको लोगो अकिंत टिसर्ट सम्मान स्वरुप प्रदान गर्नुभएको हो ।
नेपालमा लकडाउन भएलगत्तै काठमाडौं उपत्यका लगाएत देशभर पहिलो पटक शाकाहारी पार्टीले निशुल्क शाकाहारी भोजन सेवा सुरुवात गरिएको थियो ।
उक्त कार्यका लागि भेज भोयाजेज फाउण्डेशन, वल्र्ड भेगन अर्गनाइजेसन र नेपाल शाकाहारी पार्टीको सहकार्यमा ५० हजार भन्दा बढि लकडाउन प्रभावित व्यक्तिहरुलाई शाकाहारी खाना वितरण गरिएको थियो ।
उक्त संस्था मार्फत हालसम्म पनि उपत्यका लगाएतका सडकमा छाडा छोडिएका चौपायाहरुलाई व्यवस्थापन र खानाको व्यवस्था गर्दै आएको छ ।
क्यान्सर तथा मृर्गौला पिडितहरुलाई निरन्तर रुपमा १६ हप्तादेखी निशुल्क खाद्यान्न सेवा पुर्याउदै आएको छ ।
Credit: https://asthanews.com/news/detail/24930/
Follow Us On

Tags: